जनयुद्धको पीडा” बुवाको चिहान दुरबिनबाट हेरे “-पुर्व खेलकुद मन्त्री सेर्पाली

१० बर्षको जनयुद्ध कति सफल भयो भन्ने मुल्यांकन र समिक्षाको पाटो अलग होला सर्बहारा बर्गको मुक्तिको खातिर जनयुद्धमा होमिएका नेपाली आमाका छोराछोरीको पीडा , दुख र ती यातनाहरु पनि हजारौं जनयुद्धका योद्धाहरुको मानसपटलमा जस्ताको तस्तै छ अझै पनि जनयुद्धमा लागेका गोलिहरु नेपालीहरुको हातगोडामा अझै गडिरहेको छ । कति सहित भए, कति बेपत्ता जकति घाइते कति अपांग त्यसको संमान र ब्यब्स्था भयो या भएन त्यो पाटो एकठाउमा छ ।

 

तर जनयुद्धले बिर्सन नसक्ने घाउ र पीडा भनै हजारौंलाई दिएको छ । जनयुद्धको उद्द्गम थलो रुकुम , रोल्पा त्यही रुकुमका एउटा योद्धा सर्बहारा जनताको मुक्तिको लागि युद्धमा होमिए ।

युद्धमा होमिए पछि उनले मात्र होईन उनका जन्म दिने आमा बुवाले समेत कसरी याताना भोग्नु पर्यो र अन्तिममा मर्नु पर्यो पुर्ब युवा तथा खेलकुद मन्त्री दलजित सेर्पाइलीले आफ्नो आमाको निधन भएको दिनलाई सम्म्झे भावुक स्टाटस लेखेका छन् …

हेर्नुहोस जनयुद्धको पीडा
स्टाटस जस्ताको तस्तै :-

आमाकाे निधन भएकाे दिन -मध्यरातकाे त्याे पिडादायक क्षण:

२०६४ साल फागुन ९ गते मलाई यस धर्तिमा जन्मदिनु हुने मेराे पुज्यनिय आमा सुकैदेवी विश्वकर्मा ज्युकाे निधन भएकाे थियाे । आजकाे दिन मेराे जीवनमा वज्रपात भएकाे दिन हाे ।आजकाे रात मेराे निम्ति कालरात्रि नै बन्याे ।विहान र सांझपख आमासंग फाेनबाट कुरा गरेकाे थिएं। आमा-भन्नु हुन्थ्याे , छाेरा तिमी एकचाेटी आउ, मेराे एक मुठी श्वास त भेट…।

जनयुद्दकालमा तिमीलाई भेत्न गाह्राे थियाे तर अहिले त आउन सक्छाै नि, म मरेपछि आएर के अर्थ? आमालाई जिन्दगीकाे अन्तिम क्षणमा युद्दमा हाेमिएकाे कान्छाे छाेरा भेत्ने ईच्छा थियाे भने मलाई पनि जन्म दिनु हुने मेरी आमालाई भेत्ने ईच्छा थियाे ।क्यान्टाेन्मेन्टकाे बसाई ।जनमुक्ति सेनाकाे महत्वपुर्ण जिम्मेवारी सम्हालेर बसेकाे -कमाण्डर ।

समय मिलाउन सकेन, अप्ठेराे अवस्थामा परे म । फेरि अर्काे जिम्मेवारी -पश्चिम कमाण्ड स्तरिय खेलकुद प्रतियाेगिता सहित विभिन्न कार्यक्रमहरुकाे आयाेजना गरी जनयुद्द दिवस मनाईरहेका थियाै- छैटाै डिभिजन दशरथपुर सुर्खेतमा । सफलतापुर्वक सम्पन्न गर्नु पर्ने अभिभारा हाम्राे डिभिजनलाई थियाे ।खेलकुदकाे मुख्य जिम्मेवारी मेरै कांधमा थियाे ।कार्यक्रम छाेडेर जानसक्ने अवस्था रहेन । आमाकाे अन्तिम वचन पुरा गर्न सकेन, सम्झदा गहिराे पिडावाेध हुन्छ- अझैपनि । गह्रुगाे मनका साथ जिम्मेवारी बहन गरिरहे-दिनभर । डिभिजन कमाण्डर क.प्रतिकलाई आमाकाे अवस्थाकाे जानकारी दिईसकेकाे थिएं-अन्तिम अवस्था छ भनेर।

रात परयाे – निद्रा पटक्कै लागेन । काईलाे दाईकाे फाेन आयाे- भक्कनाे छाेडेर रुनु भयाे र भन्नु भयाे -आमाले हामीलाई छाेडेर जानु भयाे भाई । मध्यरात-खराव न्युज ।आफुलाई सम्हालेर अरुलाई असर नपर्ने गरी दाईसंग कुराकानी भैरहयाे ।आमाकाे ईच्छा-आफु मेरेभने गाडने थियाे, दाईसंग त्यहि निश्कर्ष गरयाै । मैले मेराे जिवनसंगिनी र प्यारा बच्चाहरु कसैलाई सुनाएन, सवै सुतिसकेका थिए ।मन राेयाे थाम्न सकेन, सवैलाई थाहा भयाे ।तर पनि जनयुद्दबाट पैदा भएकाे तागतकाे कारण हामी सवै सम्हालियाै ।चिन्ताकासाथ रात वित्याे ।
फागुन १० गते विहान उज्यालाे भयाे- गह्रुंगाे भारी मनकासाथ नियमित सैन्य कार्यक्रम र खेलकुद प्रतियाेगिताका कार्यक्रममा सहभागि भएं । हामी सवै दाज्यु-भाईहरुविच फाेनमै सरसल्लाह गरी आमाकाे अन्तिम दाहसंसकार मिलायाैं ।

म यता विदा मिलाई छिट्टै घर आउने वचन दिएं । आमाकाे ईच्छा अनुसार गाडने भनिएकाेले चाैकावाङ लगेर अन्तिम दाहसंकार गरिएकाे थियाे। जनयुद्धकि एउटा महान आमाकाे निधनमा पार्टीले हसिया हथाैडा अंकिट झण्डा ओढाई श्रध्दाञ्जली व्यक्त गरेकाे थियाे।भव्य जनमासकाे उपस्थितिमा आमाकाे अन्तिम दाहसंकार भयाे ।
केहि दिनपछि म र मेराे जिवनसंगिनी गुनाम घरमा पुग्याै । भाविवह्लकाे अवस्था । घर पुगेकाे लगतै मेरी आमालाई गाडेकाे चिहानमा पुगे र अन्तिम श्रध्दाञ्जली व्यक्त गरे ।जन्मदिनु हुने आमालाई ज्युदाे भेत्न सकेन-मरेपछि चिहानकाे फाेटाे लिएं ।

आमालाई जनयुद्दकालमा राज्यसत्ताका भक्षकहरुले राईफलका कुण्डाहरुले हानेर अशक्त बनाएका थिए ।पटक पटक यतना दिएका थिए ।पुलिस सेनाका कुटाईबाट बांचुन्जेल राेगी भए । समयमा उपचार हुन नपाउदा , एक टयाव्लेट औषधि खुवाउन नसक्दा आमाकाे निधन भएकाे पिडाकाे गहिराे चाेट मेराे दिमागमा परेकाे छ ।

वुवालाई पनि पुलिसकाे पटक पटककाे यतना, कुटाईबाट अन्तिम ज्यान गयाे । २०५३ जेठ १ गते पुलिसकाे निर्मम कुटपिटबाट शक्त घायल बुवाकाे ३ गते राति नाक मुखबाट रगत फाली निधन भयाे । वुवाकाे उपचार गराउन सकिएन, टाउकाे काटि लिने सरकारकाे आदेशले वुवाकाे मृत्युपछि पनि चिहानसम्म पुग्न सकेन, दुरविनबाटै हेरिरहे -वुवाकाे चिहान। हेर्दाहेर्दै अन्तिम खरानी । वुवाकाे अन्तिम ईच्छा जलाउनु थियाे ।हामीले त्यही गरिदियाैं , जेठ ४ गते मंगराखाेलामा अन्तिम दाहासंस्कार भयाे। जनयुद्दमा हाेमिएकाे मेराे जिवनमा -आमा-वुवा गुमाएकाे दुःखद क्षण छ। जनयुद्दमा बलिदान गर्ने शहिद,वेपत्ता याेद्दा, घाईते अपांग उहांका परिवारलाई देखेर आफुलाई सम्हाल्नुकाे विकल्प थिएन । हामी आफै पनि शहिद परिवार हाैं ।

आमा-वुवा हुनु हुन्न तर उहां दुवैकाे चिहानकाे तस्वीर र सम्झनाकाे विसाैनी छ-हामीसंग । सम्झनामा सिमित -आमा-बुवा तपाईहरुलाई धेरै धेरै सम्झन्छु र सम्झिरहनेछु-म बांचञ्जेल। सम्झिरहनेछन-तपाईका सन्तानहरुले सदैव -तपाईहरुलाई। थाहा अनलाइन बाट साभार गरिएकाे ।

तपाईको प्रतिक्रिया