धरौटीमा छुटिन् आस्था राउत

चर्चित गायिका आस्था राउत भर्खर चार हजार रूपैयाँ धरौटीमा छुटेकी छन् ।

अ’भद्र व्यव’हार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।
प्रहरीले सरकारी वकिलले तयार पारेको अभियोग पत्रसहित आज राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तुत गरेको थियो ।

राउतलाई लागेको अभियोगमाथि आजै थुनछेक बहस भएर उनलाई चार हजार धरौटीमा छोड्ने आदेश दिइएको हो । अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालयले नै धरौटी लिएर छाड्ने गरेको नजिर छ ।
आस्थाले विमानस्थलमा आफूमाथि दु’र्व्यवहार भएकाे माघ १ मा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन्। विमानस्थलमा जाँच गर्दाको सिसिटिभी भिडियो बाहिरिए थियाे।
सोमबार प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय लैजाने क्रममा गायिका आस्था राउत ।
भिडियाे बाहिरिएपछि आस्थाले फेसबुकमार्फत नै लाइभमा आफ्नो बचाउ गरेकी थिइन्। पछि आस्थाले आफूले बोलेका कतिपय शब्दहरूले प्रहरी सं’गठनलाई चो’ट पुगेको भन्दै फेसबुक लाइभबाट माफ पनि मागेकी थिइन्।

तपाईको प्रतिक्रिया