गोपाल रेग्मी । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा कर्णाली प्रदेशका ३ सय पत्रकारहरुको भेला हुने भएको छ ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको आयोजनामा प्रदेशका १० जिल्ला वाट पत्रकारहरु चौरजहारीमा भेला हुन लागेका हुन ।
कर्णाली प्रदेश अन्तगत रुकुम, सल्यान ,जाजरकोट,सुर्खेत ,दैलेख,कालिकोट,मुगु,हुम्ला ,जुम्ला ,र डोल्पा जिल्लामा कार्यरत पत्रकारहरु चौरजहारीमा भेला हुन लागेको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेसका महासचिव दिपेन्द्र शर्माले जानकारी दिनुभयो
।
पहिलो पटक रुकुम पश्चिमको चौरजहारीमा हुन लागेको पत्रकारहरुको भेलाले चौरजहारी घोषणा पत्र २०७६ जारी गर्ने महासंघले वताएको छ ।
सोही अवसरमा रुकुम जिल्लाका ऐतिहासिक धार्मिक ,सांस्कृतिक पर्यटकिय एवम विकास निर्माण लगाएतका विविध विषयमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।
देशका दश नमुना नयाँ शहरहरुको सुचीमा रहेको चौरजहारीको प्रचार प्रसारणमा समेत भेलाले महत्वपुर्ण भुमिका खेल्ने चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले वताउनुभयो ।
चौरजहारीमा हुन लागेको पत्रकारहरुको भेलाको अवसरमा नेपाल पत्रकार महासंघको प्रथम साधारण सभा समेत गरीने महासंघका अध्यक्ष दुर्गा थापाले जानकारी दिनुभयो ।
साधारण सभामा विभिन्न कार्य पत्रहरु प्रस्तुत गरीनुका साथै कर्णाली प्रदेशमा संचालित मिडियाहरुको वर्तमान अवस्था र आगामी योजनाहरु वारे छलफल गरीने अध्यक्ष थापाको भनाई छ ।
भेलामा जिल्ला शाखाका अध्यक्ष,प्रदेश एवम केन्द्रीय पार्सद विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरु सहभागी हुने छन ।
आगामी फाल्गुन ३ र ४ गते हुने भेला लाई मध्यनजर गरी प्रेस काउन्सिलको सहभागीतामा पत्रकार परिचय पत्र वितरण गरिने कर्णाली प्रदेशका मुख्य मन्त्रीका प्रेस सल्लाहकार एवम प्रेस संगठन नेपाल कर्णाली प्रदेशका संयोजक धुव्रविक्रम वुढाथोकीले वताउनु भयो ।
कर्णाली प्रदेशका १० वटै जिल्ला वाट पत्रकारहरुको उपस्थित चौरजहारीमा हुन लागेकोले महासंघको कार्यक्रम सकिएपछि ४ गते प्रेस संगठन नेपालको सपथ ग्रहण तथा वैठक वस्ने पत्रकार एवम प्रेस संगठन नेपाल कर्णाली प्रदेशका सहसंयोजक बीर वहादुर गिरीले जानकारी दिनुभयो ।
आसन्न फाल्गुनमा हुने पत्रकारहरुको भेलाको विषयमा आज चौरजहारी नगर प्रमुख विशाल शर्मा उपप्रमुख राधा रोका नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका पदाधिकारी र प्रेस संगठन नेपालका संयोजक तथा सहसंयोजक विच छलफल भएको छ ।
कार्यक्रमलाई व्यवस्थित गर्नको लागी वसेको वैठकले आजै कार्यविभाजन समेत गरीएको छ ।
















































। १७ माघ २०७६, शुक्रबार