कोरोना भाइरसविरुद्धको खोप प्रयोगयोग्य हुन अझै तीन महिना लाग्ने

एजेन्सी- विश्वका विभिन्न देशमा फैलिदै गएको कोरोना भाइरसविरुद्धको खोप प्रयोग योग्य हुन अझै तीन महिना लाग्ने चिनियाँ अधिकारीले बताएका छन्। हामीले अहिले कोरोना भाइरसका पाँच स्वरूपलाई छुट्याउन सफल भएका छौँ जसमध्ये दुई यसको खोप निर्माणका लागि उपयोगी देखिएका छन्,’

अनुसन्धानमा संलग्न एक चिनियाँ विषेशज्ञले भने। अनुसन्धानमा संलग्न चिनियाँ विषेशज्ञ लि लाङजुनका अनुसार कम्तीमा तीन महिनामा खोपलाई परीक्षणमा ल्याउन सकिने आशा गर्न सकिन्छ। चिनियाँ स्वास्थ्य अधिकारीहरुले बिहीबारसम्ममा सात हजार ७११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएका छन्। उनीहरुका अनुसार अहिलेसम्म १७० जनाको यही सङ्क्रमणका कारण मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया