भारतमा पनि एक जनाका भेटियो कोरोना भाइरसको संक्रमण

भारत– भारतमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । भारत सरकारले चीनको वुहान विश्वविद्यालयबाट आएका एक छात्रमा कोरोना भाइरस भेटिएको पुष्टि गरेको हो ।

केरलामा रहेका उनको मेडिकल रिपोर्टले कोरोनाको पुष्टि भएको बीबीसीले जनाएको छ ।
भारतमा हरेक दिन कोरोना भाइरसलाई लिएर समीक्षा बैठकहरु बसिरहेका छन् । सरकारले संक्रमणको आशंकामा ४५० मानिसलाई निगरानीमा राखेको छ ।

तपाईको प्रतिक्रिया