एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा नवौं जित निकालेको छ । बुधबार भएको खेलमा मेलबर्नले पर्थ स्कोर्चसलाई आठ विकेटले पाराजित गरेको हो ।
पर्थर स्टेडियममा पार्थले दिएको ८६ रनको सामान्य लक्ष्य पछा्एको मेलबर्नले १२ ओभरमा दई विकेट गुमाएर पूरा गरेको थियो । यसअघि टस जितेर पहिले बलिङ गरेको पर्थरले १३ ओभर पाँच बलमा सम्पूर्ण विकेट गुमाउँदै ८६ रन बनाएको थियो । मेलबर्नको दशौं खेलमामा न्दीपले उत्कृष्ट बलिङ गरे । आफ्नो तेस्रो ओभर बलिङ गर्न आएका सन्दीपले एकै ओभरमा दुई विकेट लिएका थिए ।
मेलबर्नका लागि १३ औँ ओभरको तेस्रो र चौथो बलमा उनले लगातार दुई विकेट लिएका थिए । सन्दीपले १३ ओभरको तेस्रो बलमा क्रिस जोर्डानलाई क्याच आउट गराए । त्यस्तै चौथो बलमा जए रिचर्डसनलाई बोल्ड आउट गराए । तीन ओभर बलिङ गरेका सन्दीपले ७ रन खर्चेर एक मेडन ओभरसहित दुई विकेट लिए । यस सिजन सन्दीपले ९ खेलमा ११ विकेट हात पारिसकेका छन् ।
जितसँगै मेलबर्नले १० खेलमा ९ जित र एक हारसँगै १८ अंक सहित तालिकाको शीर्ष स्थान कायम गरेको छ ।
















































। ३ माघ २०७६, शुक्रबार