‘म्यान्चेष्टर डर्बी’मा युनाईटेडको जित

एजेन्सी । ‘म्यान्चेष्टर डर्बी’मा युनाईटेडले जित हासिल गरेको छ ।

ईपीएल कपको सेमिफाईनलको दोस्रो लेगको खेलमा म्यान्चेष्टर शहरका दुई क्लब भिडेका थिए । जसमा युनाईटेडले सिटीलाई १–० गोल अन्तरले हरायो ।

युनाईटेडको जितमा निमन्जा माटिसले विजयी गोल गरे । उनले खेलको ३५ औ मिनेटमा गोल गरेका थिए ।

तर उनी माटिस ७६ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि खेलको अन्तिम १४ मिनेट युनाईटेडले १० खेलाडीमा सिमित रहेर खेलेको थियो ।

दोस्रो लेगमा हारेपनि सिटीले समग्रमा ३–२ को नतिजा सहित ईपीएल कपको फाईनल प्रवेश गरेको छ ।

उसले युनाईटेडको मैदानमा भएको पहिलो लेगको खेलमा ३–१ को अग्रता बनाउँदै सेमिफाईनलमा आफुलाई बलियो बनाएको थियो ।

सिटीले अब उपाधिका लागि मार्च १ मा एस्टन भिल्लासंग वेम्वली मैदानमा खेल्नेछ ।

तपाईको प्रतिक्रिया