ट्वीटरले व्यक्तिगत म्यासेजमा पनि रियाक्सन गर्न मिल्ने नयाँ फिचर थपेको छ । म्यासेजको कुनामा रहेको पानको पात र प्लस आइकनमा क्लिक गरेर या म्यासेजमा दुई पटक थिचेर रियाक्सन गर्न मिल्ने छ ।
ट्वीटरले थपेको यो नयाँ फिचरमा सातवटा ‘इमोजि’ मार्फत रियाक्सन गर्न मिल्ने ट्वीटरले जनाएको छ । ट्वीटरले आगोको इमोजि थपेर रिएक्सन गर्न मिल्ने बनाएको छ । जुन अहिले फेसबुकमा गर्न मिल्ने रियाक्सनभन्दा एकले बढी हो ।
ट्वीटरको नयाँ फिचरका लागि सपोर्ट पेजले इमोजि रियाक्सनलाई जतिबेला पनि हटाउन मिल्ने समेत जनाएको छ । ट्वीटरको वेब र मोबाइल एप दुवैका लागि यो फिचर लाइभ भइसकेको छ । यद्यपी पुरानो भर्जन प्रयोग गरिरहेका प्रयोगकर्ताहले भने अपडेट गरेपछि मात्रै यो फिचर प्रयोग गर्न पाउनेछन् ।
















































। १४ माघ २०७६, मंगलवार