पाटे बाघको छाला सहित तिन जना पक्राउ

माघ २८, दाङ । संरक्षित वन्यजन्तु पाटे बाघको छाला सहित तिन जनालाई दाङ, तुल्सीपुर उपमहानगरपालिका ५ बाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सल्यान बनगाड कुपिन्डे नगरपालिका वडा न.२ बस्ने ३७ वर्षका यम बहादुर राना, सल्यान त्रिवेणी गाँउपालिका १ बस्ने ३० वर्षका सुरनित रामजा बुढा मगर र सल्यान शारदा नगरपालिका १ बस्ने २६ वर्षका रमित सुनार रहेका छन् ।

वन्यजन्तुको आखेटोपहार अवैध रुपमा खरिद बिक्री गर्न लागेको भन्ने जानकारीका धारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक छानमिनका लागि डिभिजन वन कार्यालय घोराही दाङमा रिफर गरिएको व्यूरोले जनाएको छ ।